सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चार दिनपछि खुल्यो पृथ्वी राजमार्ग, सवारी सञ्चालन सुरु

काठमाडौँ । अविरल वर्षापछि बाढी पहिरोका कारण साेमबारेदेखि अवरुद्ध पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोदेखि सवारी साधन गुड्न थालेका छन् ।

सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।

चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका छन् । बाढीले भत्काएको भागमा डिभिजन सडक कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेको हो ।

पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाङ्ग्रे सवारी र एम्बुलेन्सलगायत सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका तर मर्मत कार्य सम्पन्न नभएकाले ठूला गाडीहरू चल्न दिइएको छैन

पुल मर्मतको काम चलिरहेकाे भएपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ । राजमार्गमा पहिरो जानेक्रम नरोकिएकाले गाडी चलाउँदा ओभरटेक नगरी संयमित र सजग भएर सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »