काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई कोभिड-१९ बारे पारदर्शी नबनेको आरोप लगाएका छन् ।
ट्रम्पले विश्वभर फैलिएको घातक भाइरस चीनले रोक्न सक्ने भए पनि रोक्न नचाहेको आरोप लगाए ।
साथै उनले चीनले कोभिड १९ महामारी व्यवस्थापनमा चासो नदेखाएको भन्दै आफू निराश बनेको बताए ।
ट्रम्पले यसअघि चीनले कोभिड १९ मार्फत् विश्वभर सामूहिक हत्या गरेको आरोप लगाएका थिए ।
चीनको वुहानस्थित ल्याबमा नै कोरोनाभाइरस विकास गरेको ट्रम्पको जिकिर रहँदैआएको छ ।
कोभिड १९ को महामारीका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।