सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चेम्बरको आयोजनामा ’नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती’ बिषयक अन्तर्कृया

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको सभापतित्वमा मंगलबार राजधानीमा आयोजित सो कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता माझ सम्पन्न भएको हो । कार्यक्रमको शुरुवाती चरणमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यवसायिक कृषि विकासका लागि देखिएका चुनौती र सम्भावनाका बारे निजी क्षेत्रका तर्फबाट धारणा राखेका थिए । सो अवसर उनले आफ्नो धारणा राख्दै कृषि क्षेत्रमा जोखिम रहेकाले व्यवसायीहरु धरासायी र उदासिन रहेको बताए । अध्यक्ष श्रेष्ठले कृषिमा लगानी गर्न आकर्शित गर्ने खालको प्रावधानमा कमी रहेको औल्याउदै कृषिमैत्री नीति, बैंक व्याज, लिज व्यवस्थापन, सरकारी प्याकेज, अन्तरसरकारी समन्वय, कोल्ड स्टोरेज, विचौलियाका समस्या, बफर स्टक, कृषि पर्यटन आदी बिषयमा सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

साथै, उनले रोजगारी, भ्यालु एड, इन्सेण्टीभ उत्पादन दिने कृषि क्षेत्रमा व्यवसायिकता अभिब्रिद्धी गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गर्दै चेम्बरले नेपाली उत्पादनको प्याकेजिङमा सहयोग गर्न पहल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि पेशा निर्वाहमुखीबाट व्यवसायिकरण तर्फ अघि बढदै गरेको उल्लेख गर्दै पछिल्लो समयमा निजी क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्न देखाएको तदरुकताले कृषि क्षेत्रको प्रोत्साहन हुने भन्दै सर्हाना समेत गरिन । मन्त्री अर्यालले सरकारले सहजीकरणमा कुनै कसर बाँकी नराख्ने बताउदै निजी क्षेत्र र सरकारले हातेमालो गर्दै अघि बढने नीति सरकारले लिएको स्पस्ट समेत पारिन् ।

साथै, मन्त्री अर्यालले वैदेशिक लगानी खुला गर्ने सरकारको नीति बारे स्पस्ट पार्दै नेपालको कृषि क्षेत्रमा लगानी सामर्थ्य कमजोर देखिएकाले ५० करोड भन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई ७५ प्रतिशत निर्यात र बाँकी नेपाली बजारमा नै बिक्री गर्ने गरी विधेयक ल्याईको र छिट्टै कार्यविधी बनाएर नेपाली लगानीलाई सुरक्षित गर्ने उल्लेख गरिन । उनले उत्पादनलाई ब्रिद्धी गर्ने गरि सो व्यवस्थाका ल्याइएकोले ढुक्क रहन पनि आग्रह गरिन ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव हरि बहादुर के.सी. ले व्यवसायीहरुसँग कृषिमा आधारित रहेर विरलै मात्र अन्तर्कृया हुने गरेको स्मरण गर्दै चेम्बरद्वारा आयोजित सो कार्यक्रमले नविनता थपेको बताए । साथै सचिव के.सी. ले ठुलो परिमाणमा कृषि उपज उत्पादन गर्न सहकारी एवम् कृषि समुहहरुबाट प्रयास हुँदै आएको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि कृषि क्षेत्रमा ब्रिहद रुपले लगानी लगाउन आग्रह गरे ।

त्यसैगरि कृषि विभागका महानिर्देशक डा. गोविन्द प्रसाद शर्माले गैर क्षेत्रको तुलनामा कृषि क्षेत्रबाट कम लाभ हुने, जोखिम बढी रहने र उद्योगसँग जोडिन समेत नसकिएकाले उत्पादनशिल क्षेत्र ओझेलमा पर्दै आएको बताउदै कृषि क्षेत्रको विकासका लागि विभागले प्रभावकारी कार्यक्रमहरु पस्कने सोच लिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले नेपाली उत्पादनको बजारिकरणमा समस्या रहेको दर्शाउदै फसल उत्पादन पस्चातको चरणमा र खाद्य स्वच्छताको लागि बिशेष ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रम माझ कृषि व्यवसायी एवम् उद्यमीहरुले कृषिमा लगानीको उच्च जोखिम रहेको, कृषिमा राज्यले दिने सहुलियत पहुँचवालाहरुमा सिमित रहेको, कफि खेती मौरी पालन आदिका क्षेत्रगत समस्या,बिउ बिजन र मलको अभाव, कोल्ड स्टोरेजको अभाव, उच्च जोखिम, भुमीको भाडा दर एवम् उपलब्धतामा असहजता, पुर्वाधार विकासको अभाव, कृषिमा वैदेशिक लगानी खुला गर्ने लगायतका सरकारी नीतिगत व्यवस्था आदिमा समस्या रहेको औंल्याएका थिए ।

कार्यक्रममा चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल एवम् दिपक मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, सचिव लिमा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »