निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

जडीबुटीमा प्रहरीलाई नै हटाएर हिँडे घर जान लागेका भिडहरु

काठमाडाैं। कोरोनाभाइरसको संक्रमण रोक्न देशभरि लकडाउन गरिएको बुधबार महिना दिन पुगेको छ।

लकडाउन लम्बिएसँगै काठमाडौं उपत्यका छोडेर जानेहरू पनि बढेका छन्। पहिला-पहिला ज्यालादारी मजदूरहरूमात्र लकडाउनका बेला हिँडेर घर जाने गरेका थिए। मंगलबारदेखि भने उपत्यकाका विभिन्न जिल्लामा डेरामा बस्नेहरू पनि बालबच्चा बोकेर घर जान थालेका छन्।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, ओखलढुंगालगायतका जिल्लाका स्थानीय तहले आफ्ना नागरिकलाई लैजान गाडी नै रिजर्भ गरेर पठाउन थालेका छन्। तर मन्त्रिपरिषद्ले भने जो जहाँ छन् त्यहीँ व्यवस्था गर्ने निर्णय गरेको छ।

सरकारको सोही निर्णयका कारण यसरी गाडी पठाउँदा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय प्रशासनसँग कुनै औपचारिक जानकारी हुँदैन। तर मंगलबार र बुधबार साँझ कोटेश्वर, जडिबुटी क्षेत्रमा घर जानेको भीडभाडमा सुरक्षाकर्मी परिचालन गरिएको छ। बुधबार साँझ पनि उपत्यकाका विभिन्न ठाउँबाट घर जाने भनेर मानिसहरू जडिबुटी क्षेत्रमा भेला भएका थिए।

उनीहरूलाई प्रहरीले जडिबुटीको पुलभन्दा पारि जान दिएको थिएन। केही प्रहरी बसेर वारिकालाई वारि र पारिकालाई पारि नै राखेका थिए। तर त्यहाँ भेला भएका सबैका गाडी पुलवारि नआएकाले मानिसहरू जबरजस्ती गर्दै पारि गएका थिए। कोहीले भने डोरीले बार लगाएको ठाउँ उछिनेर गएका थिए। सुरूमा रोके पनि पछि प्रहरीले नै उनीहरूलाई जान दिएको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »