निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

जनताले अहिले मात्र विकास र सदभाव, भाईचारा खोजेको दाबी गर्दै : भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई

नेपालगञ्ज, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अघि बढाउने नेतालाई जनताले निर्वाचित गर्ने बताउनुभएको छ ।

दशैं मनाउन आइतबार गृह जिल्ला पुग्नु भएका मन्त्री राईले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जिल्ला र देशले अहिले विकास, समृद्धि, स्थायित्व र सामाजिक तथा धार्मिक सदभाव खोजेको बताउनुभयो ।

आफ्नो निजी स्वार्थका लागि समाज विभाजित गर्ने, धार्मिक, जातीय र क्षेत्रीय विषयलाई मुद्दा बनाएर भाँड्न खोज्नेलाई मङ्सिर ४ गते जनताले सबक सिकाउने उहाँको भनाइ छ ।

सानो समयमा पनि धेरै विकासका काम गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारको कामले पुष्टि गरिसकेको जनाउँदै मन्त्री राईले आफूले पनि सानो समयमा जिल्लाको विकासका लागि धेरै योजना सुरु गराउन सफल भएको दाबी गर्नुभयो ।

जनताले अहिले मात्र विकास र सदभाव, भाइचारा खोजेको दाबी गर्दै यो बाहेकका कुरा गर्नेहरू आफै जनताबाट टाढिँदै जाने बताउनुभयो । माओवादी र मधेश आन्दोलनका उपलब्धिको रक्षा र संविधानको रक्षाका लागि बनेको गठबन्धन अहिलेको आवश्यकता भए पनि सिट बाँडफाँटको नाममा समस्या देखिएकाले सो बारेमा गम्भीर हुन सबैलाई उहाँले आग्रह गर्नुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »