निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

जापानी रोजगारदाता नेपाली कामदार लैजान इच्छुक

काठमाडौं । जापानले चिनियाँ र भियतनामका कामदारको विकल्पमा नेपाली कामदार लैजाने योजना बनाएको छ। नेपाली भाषामा पोख्त र मेहनती हुने भन्दै जापानी रोजगारदाता नेपाली कामदार लैजान इच्छुक भएका छन्।

जापानले सन् २०२० देखि सन् २०३० सम्म एक लाखभन्दा बढी नेपाली कामदार लैजाने संकेत गरेको छ। प्रक्रिया र व्यवसथापन सहज भए नेपालबाट प्रतिवर्ष १० हजारभन्दा बढी कामदार लैजान सक्ने रोजगारदाताले आँकलन गरेका छन्।

इन्टरनेसनल ह्युमन रिर्सोस नेटवर्क अर्गनाइजेसन (आईएचएनओ)का अध्यक्ष योसिहारू कोमियामाले वर्षमा १० हजार नेपाली कामदार जापान लैजान सम्भव भएको बताए। ‘पछिल्लो समयमा चिनियाँ र भियतनामी स्वार्थी हुन थालेका छन्, पारि श्रमिक पनि धेरै माग्न थालेका छन्’, उनले भने, ’उनीहरूको सट्टामा नेपाली कामदारले अवसर पाउने सम्भावना छ।’ उनीहरूलाई काममा लगाउन समस्या भइरहेको भन्दै जापानी रोजगारदाताले नेपाली कामदार खोज्न थालेको उनको भनाइ छ।

चीन र भियतनामले पछिल्लो समयमा स्वदेशमै लगानी र रोजगारीमा प्राथमिकता दिन थालेका छन्। हालसम्म चीन र भियतनामबाट नै जापानमा उल्लेख्य संख्यामा कामदार जान्छन्।

नेपालमा जापानी लगानीका उद्योग कम छन्। यसले गर्दा जापानी रोजगारदाताले नेपालीको मेहनत र इमान्दारीताबारे पूर्ण जानकार छैनन्। ‘रोजगारदातामा नेपाली कामदार कस्तो हुन्छ भन्ने थाहा नभएकाले यहाँका कामदारबारे थाहा दिएर लैजान अपिल गर्छांैै’, उनले भने। जापानले नेपाल सरकारसँग मिलेर सीपमूलक तालिम सञ्चालन गर्ने तयारीसमेत गरेका छन्। नेपालीलाई सीप सिकाएर दक्ष बनाएर जापान लैजाने योजनाअनुरुप ट्रेनिङ सेन्टर स्थापना गर्न लबिङ गर्दै आएका छन्। खासगरी एनफो तहको जापानी भाषा परीक्षा पास गरेर बसेका विद्यार्थीलाई लक्षित गरी भाषा सेन्टरका साथै सीपमूलक तालिम सिकाउने जापानी नागरिकको योजना छ।

वर्किङ वियोन्ड द बोर्डरका नेपाल निर्देशक सियुची साहोले जापानका रोजगारदाताले नेपाली रुचाएको बताए। जापानले गत अप्रिलदेखि नौवटा मुलुकबाट कामदार लैजाने प्रक्रिया अघि सारेको छ। नर्सिङ, कृषि, निर्माणलगायत क्षेत्रमा नेपालीले अन्य क्षेत्रको तुलनामा बढी अवसर पाउने उनको भनाइ छ। ‘नेपाली कामदार भाषा सिक्न जिज्ञासु हुनुका साथै मेहनती र इमान्दार रहेकाले रोजगारदाताको रोजाइमा रहेका छन्’, उनले भने। दक्ष नेपाली कामदारले जापानमा एक लाख ८० हजारदेखि दुई लाख ५० हजारसम्म कमाउन सक्छन्।

जपानले नेपालसहित नौ मुलुकबाट १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। जापानले नेपालसहित भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट कामदार लिने लैजाने योजना बनाएको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा विदेशी कामदार लैजाने जापानको नीति छ। नर्सिङ केयरका लागि भाषा र सीपको परीक्षण गराएर पनि कामदार जापान जान पाएका छैनन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »