निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

जापान सरकारद्वारा काँग्रेस वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ।काठमाडौंस्थित जापानी राजदुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो सम्मानबारे जानकारी दिएको हो ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको छ ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

दूतावासले नेपाल र जापानबीचको सम्बन्ध मजबुद बनाउन र विस्तार गर्न योगदान गरेकाले यो सम्मान दिइएको जनाएको छ । पूर्व सभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल-जापान संसदीय मैत्री संघका संस्थापक हुन् । २०१७ सम्म पौडेल यसको अध्यक्ष थिए । यो सम्मान वर्षको दुईपटक प्रदान गरिने पनि दुतावासले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »