सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जारकाे पानी बढी मूल्यमा बिक्री गर्नेलाई सरकारले कारबाही गर्ने

काठमाडौं। सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ ।

उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानै मूूूूूूूूूूूूल्यमा बिक्री गर्न उद्योगी र व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो ।

केही दिनयता काठमाण्डौ उपत्यकामा प्रति जारको पानीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढी लिने गरिएको छ । उद्योगी र व्यवसायीले भने सरकारले नै जारको पानीको मूल्य बढाएको भन्दै अहिले उपभोक्ताबाट बढी मूल्य लिइरहेका छन् ।

तर सरकारले अहिलेसम्म जारको पानीको मूल्य नबढाएको महानिर्देशक सुवेदीले बताउनुभयो । अनुगमन र कारबाही नहुँदा व्यवसायीले निर्देशनको अटेरी गर्दै बढी मूल्यमा जारको पानी बेचिरहेका छन् ।

विभागले सबै ठाउँमा अनुगमनमा पुग्न नसक्ने हुँदा बढी मूल्यमा बिक्री गर्नेविरुद्ध उजुरी गर्न आग्रह गरेको छ । ठगी भएको पाइए ११३७ नम्बरमा फोन गरेर उजुरी दिए ठगी गर्नेलाई कारबाही हुने उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »