जेठ २ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित,लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने

काठमाडौं। सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक/अन्तर्राष्ट्रिय उडानलाई जेठ १ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।

शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।

आजको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उनले बताए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भइरहेको थियो । सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका आधारमा अगाडि बढाउने निर्णय भएको छ ।

लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्‍त्रिपरिषद्ले निर्णय गर्नेछ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने तयारीमा सरकार पुगेको छ ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने झन्डै दुई लाखले ज्यान गुमाएका छन्। नेपालमा पनि संक्रमितको संख्या ४९ पुगेको छ। जसमध्ये ११ जनाभने निको भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »