सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झडपमा २० सैनिक गुमाएको भारतले चीनसँगको एयरबेसमा लडाकु विमान र हेलिकप्टरको तैनाथी बढायो

काठमाडौं । सोमबार चिनियाँ फौजसँगको सैन्य झडपमा २० सैनिक गुमाएको भारतले चीनसँग नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको छ।

टाइम्स अफ इण्डियाका अनुसार लडाकु विमानको तैनाथी बढाएर भारतले बेइजिङलाई नयाँ दिल्ली जारी सीमा तनाव बढ्दै गएमा हुनसक्ने सम्भावित भिडन्तका लागि तयार रहेको संकेत दिएको छ । बंगालको खाडी क्षेत्रमा पनि थप युद्धपोतहरू पठाएको छ।

भारतले ती क्षेत्रमा आकासबाट जमिनमा रहेका ट्यांकमा रकेट र मिसायलले हमला गर्नेसक्ने अपाचे हेलिकप्टर, उच्च उचाइमा भारी वजन उठाउन तथा सैनिक ओसार्न सक्षम चिनोक हेलिकप्टरहरूको संख्या बढाएको छ।

‘चीनले नियोजितरूपमा हाम्रा २० सैनिक जवानलाई हिंस्रकरूपले मारेर सीमा नाघी सकेको छ। हामी कुनै पनि प्रकारको प्रतिकारको लागि तयार छौं। आवश्यक सबै कदम उठाइनेछ’, टाइम्स अफ इण्डियासँग एक उच्च भारतीय सैनिक अधिकारीले भ्यानेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »