निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

टयाङ्करको ठक्करबाट काभ्रे कोसिपारिका बिष्णु चौलागाईको निधन , टयाङ्कर र चालक प्रहरी नियन्त्रणमा

काठमान्डौ। बालाजुको नेपालटारमा पानी टयाङ्करले ठक्कर दिदा साइकल चालकको निधन भएको छ।सामकोसीको ग्रीन सिटि अस्पतालमा उपचारको क्रममा साइकल चालकको निधन भएको हो।

काभ्रेको कोशीपारी चौरी देउराली-३ घर भई हाल तारकेस्वर ११मा बस्दै आएका बिष्णु प्रसाद चौलागाईं दुर्घटनामा परेका हुन्। बा २ ख५१७७ नम्कोबरको टयाङ्करले ठक्कर दिएर गम्भीर घाईते बिष्णु प्रसाद चौलागाईको उपचारको क्रममा निधन भएको हो। मनमैजुमा पानी खन्याएर फर्किदै गरेको ट्यांकरले ठक्कर दिएको बालाजु प्रहरीले लालीगुराँस डटकमलाइ जानकारी दिएको छ।

टयाङ्कर र चालकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।युरिका स्कुलमा पालेदाइको काम संगै बाँकी समय ग्यास घर घरमा पुर्याउने काम गर्दै आएको चौलागाइलाइ ग्यास ओसार पसार गर्दै गरेको अवस्थामा पूर्वेली पानी सप्लाइको टयाङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »