सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टुटल र पठाओले आजदेखि आफ्नो सेवा सुचारु गर्ने

काठमाडौं । सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै राइड शेयरिङ कम्पनी टुटल र पठाओले बिहीवारदेखि आफ्नो सेवा पुनः शुरू गर्ने भएका छन् ।

सरकारले गतचैत ११ बाट देशव्यापी बन्दाबन्दी गरेपछि सार्वजनिक यातायातसँगै टुटल र पठाओ पनि बन्द भएका थिए ।

राजधानी काठमाडाैंमा यी दुई राइड शेयरिङ कम्पनी छोटो समयमै लोकप्रिय बनेका छन् ।

टुटलले ३ वर्षदेखि राइड शेयरिङ सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघिबाट सञ्चालनमा आएको हो ।

मोटरसाइकलमार्फत भाडामा यात्रु बोक्ने यी दुई कम्पनी सार्वजनिक यातायातको भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै छन् ।

छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारी निर्णयसँगै यी दुई कम्पनीले पनि आफ्नो सेवा सुचारू गर्ने निर्णय गरेका हुन् ।

यसअघि सरकारले असार अन्तिम साता जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा त्यसयता ट्याक्सीलगायत सार्वजनिक यातायात सञ्चालन हुँदै गएका छन् । बिहीवारबाट मुलुकभर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउँदै छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »