निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

ठगीका नाइकेहरूकाे धन्दा, सामुदायिक स्कुलकाे जग्गा निजी विद्यालयलाई

काठमाडाैं । नेपाल तरिकाबद्ध परिषद् (नेपाल मेथोडिस्ट काउन्सिल) को जग्गा स्कुललाई दिने निर्णय स्कुलकै डाइरेक्टर खड्ग थापा मगरले गरेको खुलेको छ । उनले काउन्सिलका पदाधिकारीलाई समेत गुमराहमा राखेर जग्गा नामसारी गरेका छन् ।

२०७० माघ १० गते नेपाल मेथोडिस्ट काउन्सिलको बैठकमा सियोन स्कुलका डाइरेक्टर समेत रहेका खड्ग थापा मगरले नै स्कुलका लागि जग्गा नामसारी गर्न प्रस्ताव गरेको सोहि बैठकका एक सदस्यले बताए ।

‘नेपाल मेथोडिस्ट काउन्सिलको नाममा रहेको उक्त जग्गा सामुदायिक स्कुलको नाममा दान दिनु पर्यो भनेर उहाँले नै प्रस्ताव ल्याउनु भएको हो ।’ काउन्सिलका तत्कालिन उपाध्यक्ष समेत रहेका बर्तमान अध्यक्ष सुर्यकुमार श्रेष्ठले भने ।

०७० साल माघ १९ गते आइतबार नेपाल मेथोडिस्ट काउन्सिलका अध्यक्ष खड्ग थापा मगरकै अध्यक्षतामा बसेको बैठकले स्कुललाई सुनसरी घोपा कित्ता नं. ६ क ३२७३ (०–२–५) दुई कठ्ठा पाँच धुर र कित्ता नं. ६ क ३२७६ (०–३–१८) तीन कठ्ठा अठार धुर जग्गा र उक्त जग्गामा निर्माण भएको भवन समेत सियोन स्कुल प्रा.लि. (दर्ता नं. ७४०२÷०६६÷०६७) लाई दानपत्र गरिदिने निर्णय गरेको छ ।

उक्त बैठकमा तत्कालिन नेपाल तरिकाबद्ध परिषद् (नेपाल मेथोडिस्ट काउन्सिल) का सचिव सुमन गौतम (ना.प्र. नं. १२०÷१०००) लाई जग्गा नामसारीका लागि अधिकार दिइएर मालपोत कार्यालय सुनसरी पठाइएको छ । (हेर्नुहोस बैठकको माइन्युट)

उक्त बैठकमा तत्कालिन उपाध्यक्ष सुर्यकुमार श्रेष्ठ, सचिव सुमन गौतम, कोषाध्यक्ष शान्तकृष्ण श्रेष्ठ सदस्यहरु राजेन्द्र ग्वाछा, सुवास थापा र तुलसा गहतराजले समेत हस्ताक्षर गरेका छन् ।

काउन्सिलका बर्तमान अध्यक्ष सुर्यकुमार श्रेष्ठले भने अध्यक्ष खड्ग थापा मगरले सामुदायिक विद्यालयलाई जग्गा दान दिने भनेपछि माइन्युटमा हस्ताक्षर गरेको जिकिर गरे । ‘त्यत्तिबेला हामीले गल्ती गरेकै हो, उहाँ (खड्ग थापा मगर)ले सामुदायिक विद्यालयलाई जग्गा दिँदा उपकार हुन्छ भनेर भन्नुभयो, उहाँकै विस्वासमा परेर विद्यालयको डकुमेन्ट नै नहरी हस्ताक्षर गरीदियौं ।’ श्रेष्ठले भने ।

समाचार छापिएपछि मात्रै निजी विद्यालय हुँदै खड्ग थापाको नाममा स्कुल रहेको चाल पाएको बताए । ‘तपाईहरुलाई म धन्यवाद दिन्छु, कि यो कुरा बाहिर ल्याइदिनु भयो । मंगलबार उहाँहरु आउँदै हुनुहुन्छ रे, बैठकमा जग्गा काउन्सिलको नाममा कसरी फिर्ता ल्याउने छलफल हुन्छ । उहाँले हामीलाई जग्गा फिर्ता गर्नुपर्छ’ उनले भने ।

तीन दिनअघि फोन सम्पर्कमा श्रेष्ठले विगतमा गलत कृयाकलाप भएको स्विकार्दै त्यस बारेमा केन्द्रीय समितिकै बैठक डाकेर आवश्यक जानकारी गराउने बताएका थिए ।

करोडौंको जग्गा स्कुललाई दानका रुपमा दिने निर्णयमा हस्ताक्षर गर्नेहरुले स्कुललाई जग्गा दिएपछि खड्ग थापामगरले उनीहरुलाई समेत थाहै नदिई स्कुल आफ्नो नाममा दर्ता गराएका छन् ।

उनले बैंकबाट कर्जा लिनका लागि स्कुल आफ्नो नाममा दर्ता गराएको जिकिर गरेपनि वास्तविकता स्कुलको नाममा रहेको सम्पत्ति हडप्न त्यसो गरेको धरानका एक पास्टरले भने । ‘धरानका मात्र नभएर देशभरका इसाई अगुवाहरुलाई थाहा छ त्यो स्कुल कोरियन नागरिकले एक एक पैसा उठाएर बनाइदिएका हुन् । जग्गा समेत विदेशीले किनिदिएको हो । यसरी ब्यक्तिगत रुपमा कब्जा गर्न मिल्दैन ।’ ती पास्टरले भने ।

यता स्कुलको विवाद हल गर्ने विषयमा धरानका पास्टर मणी राईको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले खड्ग थापा मगर र स्कुल तथा चर्चबाट निस्कासित मेहमान ह्युजको टीमसँग वार्ता गरी निकास निकाल्ने प्रयत्न गरेपनि सफल हुन नसकिएको समितिका संयोजक मणी राईले बताए ।

समितिले हिजो बैठक बसेर विवाद समाधान गर्ने भनेपनि खड्ग थापा मगरले नेपाल मेथोडिस्ट काउन्सिललाई नै गुमराहमा पारेर जग्गा स्कुल आफ्नो नाममा नामसारी गरेको खुलेपछि अब के गर्ने दोधारमा परेको छ । ‘समिति नै दुई तर्फ विभाजित भएको छ । केहि साथीहरुले अब समिति नै भंग गरेर जाने सम्म भन्नु भएको छ, सकेसम्म मिलाउने प्रयत्न गर्छौं ।’ समितिका संयोजक राईले भने ।

उनले खड्ग थापा मगरले सामुदायिक विद्यालयका लागि भनेर ल्याइएको जग्गा निजीकरण गरेको भए गलत हुने जिकिर गरे । ‘खड्ग जीले गर्नुभएको काम पनि न्यायोचित हैन भनेर कुरा उठेको छ । उहाँपनि सच्चिएर अगाडी बढ्नु पर्छ । संस्थाको सम्पत्ति ब्यक्तिकोमा जानु हुँदैन ।’ उनले भने ।

मेहरमान ह्युजको डिमाण्ड

स्रोतका अनुसार सियोन मेथोडिस्ट चर्च र सियोन स्कुलबाट निकालिएपछि मेहरमान ह्युजको टीमले पनि खड्ग थापा मगर समक्ष ५० लाख रुपैंया डिमाण्ड गरेको छ । एक सयजना बढिको समुह चर्चबाट बाहिरिएको र सियोन चर्च तथा स्कुलमा आफुले वर्षौं काम गरेकोले निस्किएपछि अर्को स्थानमा चर्च खोल्न ५० लाख रुपैंया पाउनुपर्ने उनीहरुको डिमाण्ड छ ।

२० वर्षे कागज

स्कुलका डाइरेक्टर खड्ग थापामगरले मेहरमान ह्युज पक्षसँग केहि समय अघि २० वर्षपछि स्कुलको श्री सम्पत्ति फिर्ता गरिदिने कागज नै गरिदिएका छन् । तर, २० वर्षसम्म स्कुलबाट अकूत कमाएर फिर्ता गर्छु भन्नु कुनै तर्कसंगत नभएको धरानकै अगुवा पास्टरहरुको भनाई छ । ‘भोली मैले सिंहदरबार कब्जा गर्दै अब २० वर्षपछि फिर्ता गर्छु भनेर हुन्छ ? २० वर्षसम्म संस्थाको सम्पत्तिमा रजाई गर्ने अनी फिर्ता गर्छु भनेर मिल्छ भने मपनि सिंहदरबार ताक्छु नी । त्यसकारण यो नियम संगत भएन ।’ समितिका सदस्य समेत रहेका ती पास्टरले भने ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »