सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा. गोविन्द केसीसँग तत्काल वार्ता नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी

काठमाडौं। नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले विज्ञप्तिमार्फत डा. केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै अन्यथा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेको प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संघले गम्भीर परिस्थिति सिर्जना नगर्नसरकारलाई आग्रह गरेको छ ।

सरकार आफैले डा. के.सी.सँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौताअनुसार मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भैसकेको चिकित्सक संघले जिकिर गरेको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षागर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो ।’

डा. केसी १७ दिनदेखि आमरण अनशनमा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »