निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

डुडुवामा निर्वाचनका लागि क्षेत्र न-२ (क) मा नेपाल शिवसेनाको सचिवालय उद्घाटन

नेपालगन्ज , डुडुवा गाउँ पालिका वडा नम्बर २ मा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवारको सचिवालय उद्घाटन गरिएको छ । बाँके क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाल शिव सेना समर्थित स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले चुनावी अभियानको सचिवालय उद्घाटन गरिएको हो । बाँके क्षेत्र नम्बर २ (क) मा शिव सेनाको तर्फबाट राज कुमार रौनियारले उम्मेदवारी घोषणा गरेको छ ।

सचिवालयको उद्घाटन उम्मेदवार राजकुमार रोैनियाले गरेका थिए भने नेपाल शिव सेनाका केन्द्रीय सचिव शेर बशादुर शाही, केन्द्रीय सदस्य राजेश के यादव, नेपाल शिव सेना बाँकेका जिल्ला अध्यक्ष शुभम गुप्ता, नेपाल शिव सेना बाँकेका जिल्ला सदस्य दिपेन्द्र जैसवाल , चिन्तामणि पोख्रेल , विनोद लोध, हेमराज बर्मा, राजकुमार लुनिया , नगर अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति रहेको थियोे ।

उता बाके क्षेत्र नम्बर दुई ९क० का स्थानीयले शिव सेनाको उम्मेदवार रौनियारलाई विजय गराउने प्रतिबद्धता समेत जाहेर गरेका छन् । सचिवालय उद्घाटन समारोहको सभापति गंगा सागार बर्माले बाँकेमा शिव सेनामय भैरहेकोले जित सुनिश्चित रहेको बताएका थिए ।

त्यस्तै प्रमुख अतिथि किशोर लामाले प्रदेशका उम्मेदवार रौनियार र क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिवाकर खनाललाई जिताउन बाँकेबासी तयारी अवस्थामा रहेको बताएका थिए । उक्त कार्यक्रम नेपाल शिव सेना बाँकेका जिल्ला प्रवक्ता वेद प्रकाश जैसवालले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »