निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

डुडुवा गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी भवनको उद्घाटन


डुडुवा ,डुडुवा गाउँपालिका वार्ड नं. ६ हिरमिनिया र वार्ड नंं १ होलिया स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार आयोजित छुट्टाछुट्टै समारोहमा दुई वटै भवनको उदघाटन गर्नुभयो ।
नवनिर्मित हिरिमिनिया स्वास्थ्य चौकीको साढे दुई तले भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुच तथा गुणस्तरिय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले विशेष अभियान संचालन गर्दै आएको बताउनुभयो ।


उहाँले गाउँपालिकाले दुई स्थानमा निशुल्क प्रयोगशाला, एम्बुलेन्स सेवा र उच्च रक्तचाप तथा मधुमेह रोगीका लागि समेत निशुल्क औषधी वितरण गरिरहेकाले त्यसलाई विश्वासका साथ सेवन गर्न आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेको वडा नं. १ को राप्तीपारी चौफेरी, कुडुवा र वडा नं. ५ को डलैपुर गाउँमा सामुदायिक स्वास्थ्य एकाई स्थापना गर्ने बताउनुभयो ।

अध्यक्ष चौधरीले स्वास्थ्य शिक्षाका दृष्टिकोणले पछि रहेको भन्दै सचेतनामुलक कार्यक्रम संगै नागरिकको सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
साविक जिल्ला विकास समिति बाँकेका पुर्व सभापति पशुपति दयाल मिश्रले हिरिमिनिया क्षेत्रको समग्र विकासका लागि सदैय लागि परेकाले अहिले पनि स्वास्थ्य, शिक्षा तथा कृषिका लागि विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो ।
गाउँपालिका ६ नंं वडाका वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नुभएको थियो ।


५ कठठा जमिनमा रु १ करोड २८ लाख ६५ हजार ४१२ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इन्चार्ज भिमबहादुर विकले बताउनुभयो ।


यसैगरि होलिया स्वास्थ्य चौकीको ३ कोठे भवनको पनि उदघाटन गरियो । त्यस अवसरमा स्वास्थ्य चौकीको भवन निमार्णका लागि समाजसेवी हरिनारायण चौधरीले २ कठठा जग्गा दान गर्नुभएको थियो ।

उक्त जग्गामा पुरानो भवन र नया भवन गरि दुई वटा भवन निमार्ण गरिएको स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसमद उपाध्यायले जानकारी दिनुभयो ।

भवन निमार्णका लागि वरिष्ठ समाजसेवी जग्गादाता हरिनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस अवसरमा दुई वटै स्वास्थ्य चौकी भवन निमार्ण कार्यमा उल्लेख्य योगदान पुरयाएका स्थानीयबासी तथा कर्मचारीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गाउँपालिकाको वडा नंं २ बेतहनी ५ को कम्दी र ६ को हिरिमिनिया स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »