निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) कालाबञ्जरको परिसरमा निर्माण

नेपालगञ्ज,

बाँकेको डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) कालाबञ्जरको परिसरमा निर्माण गरिएको मन्दिरको प्राणप्रतिष्ठा गरी पूजाआजाको शुरुवात गरिएको छ ।


करीब ७ लाख २५ हजारको लागतमा निर्माण गरिएको शिवपञ्चायन (मल्लिकार्जुन) मन्दिरको विधिवत पूजाआराधना गरी प्राणप्रतिष्ठा गरिएको हो ।


मन्दिरमा भगवान शिव, सूर्य नारायण, गणेश, माँ दुर्गा, विष्णु र बाहिर पट्टी माता सन्तोषीको मूर्ति स्थापना गरी प्राणप्रतिण्ठा गरिएको बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीले जानकारी दिए ।
डुडुवा गाउँपालिकाको तीन लाख आर्थिक सहयोग र विभिन्न दाताले दिएको दान गरी ७ लाख २५ हजारमा उक्त मन्दिर निर्माण गरिएको हो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »