सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोटीमा क्वारेन्टिन बसेका १९ वर्षे एक युवाको मृत्यु

डोटी । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले मृतकको परिवारलाई उद्धृत गर्दै युवा मुटु सम्बन्धी र टिबीको बिमारी भएको बताए । स्वास्थ्यचौकीबाट डाक्टर पठाउन बाटो बन्द भएकाले राति पठाउन नसकिएको बताए । आज गाउँपालिकाकै स्वास्थ्यकर्मीको टिमले स्वाव संकलन गर्ने जनकारी दिए। संकलन पछि स्वाव नमूना मोटरसाइकलमा सदरमुकाम र त्यहाँबाट एम्बुलेन्स वा गाडीमा धनगढी पठाइने छ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिला १० जना छन् ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »