सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तरकारी आपूर्ति घट्दा ५० देखि १५० प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौं। लगातारको वर्षाका कारण बाढीपहिरोबाट सडक सम्पर्क टुट्दा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति घटेको छ ।

तरकारीको आपूर्ति घटेपछि यसको मूल्य वृद्धि हुन थालेको छ ।

सामान्य अवस्थामा दैनिक ७/८ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी तरकारी बजारमा बन्दाबन्दीका समयमा दैनिक आपूर्ति घटेर ४/५ सय टनमा सीमित भएको थियो ।

लगातार वर्षाका कारण देशका धेरै ठाउँमा पहिरोबाढीले गर्दा बाटो अवरुद्ध भएपछि दैनिक तरकारी आपूर्ति अझै कम भई २ सय टनमा झरेको छ ।

समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार बन्दाबन्दीमा स्कूल, कलेज, होटेल, रेस्टुराँहरू नखुल्दा माग घट्न गई तरकारी आपूर्तिको परिमाण बन्दाबन्दी खुकुलो भए पनि बढ्न सकेको छैन ।

बाटो अवरुद्ध भएकाले तरकारीको आपूर्ति घटेकाले मूल्य अझै बढ्न सक्ने सूचना अधिकृत श्रेष्ठको आकलन छ ।

वर्षात्को समयमा तरकारीको उत्पादन कम हुने भएकाले हरेक वर्ष यो मौसममा तरकारीको मूल्य बढ्ने गरेको छ । कोरोना त्रासका कारण व्यापारीहरूले भारततिरबाट समेत तरकारी नल्याउँदा अहिले तरकारीको मूल्य बढेको विकास समितिले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »