निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

तस्कर र सेनाबीच गोली हानाहान,एक तस्करको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजे सेनाले निकुञ्जमा गस्ती गरेको थियो। सोही क्रममा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन।

त्यस्तै सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएको र मकवानपुरका तस्कर मोहन सिङ दोङलाई नियन्त्रणमा लिएको छ।

साथै सेनाले तस्करबाट दुई थान बन्दुक, बारूद र धारिलो हतियार समेत भेटेको वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »