निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

तामाङ कथानक चलचित्र “म्युङ पुजु” को प्रिमियर शो सम्पन्न

माघे संक्रान्ति पर्वको विशेष अवसरमा जमल राष्ट्रिय नाचघरमा तामाङ कथानक चलचित्र “म्युङ पुजु ” को प्रिमियर शो भएको छ । वाग्मती प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री अरूण नेपालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमका बिच प्रिमियर शो सम्पन्न भयो । प्रमुख अतिथिले दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा अन्य अतिथिहरुले डम्फु बजाएर स्वागत गरेका थिए । कार्यक्रममा पुर्व सांसद तथा तामाङ नेपाल घेदुङ सिन्धुपाल्चोकको अध्यक्ष रेसम स्याङ्बो, जुगल गाउँ पालिकाका जल्दाबल्दा उपाध्यक्ष सृजना तामाङ, तामाङ चलचित्र संघका अध्यक्ष बिकु बहादुर थोकर लगायतका अतिथिगणहरूले सो चलचित्रको सफलताका लागि शुभकामना व्यक्त गरे भने उपस्थित केही अतिथिहरुले चलचित्रको लागि आर्थिक सहयोग पनि गरेका थिए ।

“म्युङ पुजु” को अर्थ हुन्छ ” तिखो काँडा ” । जसरी हाम्रो चलन चल्तीको उखान छ ” शत्रु खोज्नु परे आफ्नै काखीमुनि खोज्नु ” । यस चलचित्रले यो उखानलाई चरितार्थ गरेको देखिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध ठाउँ जुगल गाउँ र काठमाडौंको सेरोफेरोमा घुमेको यो चलचित्र निकै राम्रो बनेको कार्यक्रममा उपस्थित प्राय:को प्रतिकृया थियो ।

त्रिकोणात्मक प्रेममा आधारित रहेर निर्माण गरिएको यो चलचित्रमा गाउँले जीवनका जन्म, मृत्यु, विवाह का महत्वपूर्ण रितिरिवाजहरु देख्न पाइन्छ । चलचित्रमा नेपालीहरुमा व्याप्त बन्दै गएको वैदेशिक रोजगारीले घर र परिवारमा निम्त्याउने सुख र दुःखलाई बढो मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै मीठो सन्देश दिन खोजेको छ । गाउँले टुहुरा दाजुभाइको माया, प्रेम र सम्मान अनि जेठानी देउरानीको पारिवारिक कलहलाई बढो मार्मिक र हास्यस्पद ढंगले प्रस्तुत गरिएका छन् । दाजु र भाउजूको भूमिकामा अभिनय गरेका विर बहादुर तामाङ र भुसाल तामाङको अभिनयमात्र हैन समग्र कलाकालहरुले चलचित्रलाई यथार्थपरक बनाएको छ । गाउँले परिवेशमा बोलिने भाषा, शब्द बिलकुलै सदाबहार छ । कलाकारहरु नायिका सुष्मा मोक्तान, नव नायकहरू ईश्वर तामाङ र प्रेम गोले तामाङ बिच त्रिकोणात्मक प्रेमले सृजित कथाले मागे अनुसारको दन्द्व, भावुकता र समाजको वास्तविक चित्र प्रस्तुत गर्न सफल देखिन्छ ।

चलचित्रमा अभिनित अन्य कलाकारहरु अभिनाश तामाङ, कान्छी माया गोले , सुजल पाख्रिन, राजु तामाङ, प्रियंका रेग्मी, हिमा पाख्रिन, डोल्मा वाइवा, लक्ष्मी तामाङ लगायतका कलाकारहरुको सशक्त अभिनयले चलचित्रलाई शुरुदेखि अन्त्यसम्म जिवन्त राखेको पाइन्छ ।

प्रेम गोले तामाङ र ईश्वर लामाको संयुक्त प्रस्तुति रहेको यस चलचित्र कान्छी माया गोलेले निर्माण गर्की हुन् भने अजय स्याङतानले निर्देशन गरेका छन् ।

विक्रम मोक्तानको छायांकन, लेखनमा सुजन तामाङ, पटकथा ऋतुराज पाख्रिन, सह – निर्देशन बद्रि तामाङ र दन्द्व निर्देशन सुरज श्रेष्ठ रहेको यो चलचित्र डम्फु मिडिया प्रा. लि.को व्यानर मार्फत प्रदर्शनमा आएको हो ।

चलचित्र आउँदै गरेको ल्होछारको शुभ अवसर पारेर सिन्धुपाल्चोकको डाँडागाउँमा माघ नौं गतेदेखि नै प्रदर्शनीमा आउने प्रितम गोले लगायत निर्माण पक्षले जनाएको छ ।  

यस चलचित्रमा समावेश चारवटा गीतमा विशाल काल्तान, छेवाङ लामा र प्रयास दोङको संगीत छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लोप्चन र छेवाङ लामाको स्वर रहेको छ । कुमार स्याङ्बाद्वारा रचित यस चलचित्रको गीतमा एरेन्ज मिक्सिङ भने दिपेश प्रधानको रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »