निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

तेमाल अध्यक्ष कप वडा नं. ८ को पोल्टामा


२३ गते देखि संचालित तेमाल गाउँपालिकामा अध्यक्ष कपको २५ गते शनिबार भएको वठा नं. ८ र वडा नं. ९ बीच फाईनल खेलमा वडा नं. ८ भोरज्याङ (मेच्छे)ले नगद ७५ हजार बराबरकोको नगद सहित तेमाल कप जित्न सफल भएको छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले प्रमुख रेफ्रि राजेश श्रेष्ठलाई फुटबल हस्तान्तरण गरि शुरु भएको खेलमा पहिलो हाफमा २-२ को बराबरीमा टुङ्गिएको थिए ।

पेनाल्टीमा पनि ५-५मा बराबरीमा रहेकाे थियो तर तर दोस्रो चरणको पेनाल्टीमा भने वडा नं. ९ को जर्सी नं. ३ का खेलाडी दावा लामाले हानेको बल वडा नं. ८ का गोल किपर बुद्ध लामाले रोकेको थियो त्यो नै निर्णायक खेल गोलमा परिणत भएको थियो ।

यसरी वडा नं.९ मेच्छेले नगद रु ५० हजार सहित दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ भने तेस्रो स्थान वडा नं. ५ नारायणस्थान पोखरी रहेको छ ।

तेमाल अध्यक्ष कपलाई सम्पन्न गर्नका लागि गाउँपालिकाका प्रवक्ता तथा ७ नं. वडाका वडा अध्यक्ष ज्ञान बहादुर तामाङले नेतृत्व गरेकाे थियो ।

प्रथम कप जिते पछि वडा अध्यक्ष लक्ष्मी बहादुर तामाङले खेलमा हार जीत भैहाल्छ । जस्ले जिते पनि तेमालको जीत भएको खेलाडीहरुलाई धन्यवाद दिने क्रममा बताउनु भयो ।
उहाँले जितमा घमण्ड नगर्नका लागि खेलाडीहरुलाई अनुरोध पनि गर्नु भयो ।

वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर लामाले हारेपछि अलिकति मनमा खिन्न भने हुँदोरहेछ भनेर हारको पिडा पोखेका थिए तर अाउँदो सालमा अाफ्नै वडामा खेल मैदान तयार गरि त्यही तेमाल कप संचालन गर्नका लागि कार्यक्रम स्थलबाट नै उहाँले अनुरोध पनि गर्नु भयो ।

वडा नं. ६ ठूलो पर्सेलका वडा अध्यक्ष विकुलाल मोक्तानले तेमालले खोजेको खेलाडी तेमाल कपबाट प्राप्त भएको बताउनु भएको छ ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले फुटबल खेलाडी तेज लामा जस्तै सफल राष्ट्रिय खेलाडी बन्नका लागि तेमालका सम्पूर्ण खेलाडीहरुलाई अनुरोध र हौसला दिनुभएको थियो ।

कार्यक्रममा फुटबल खेलाडी तेज तामाङ र squash स्कसमा ब्रन्ज मेडल जित्न सफल खेलाडी विपन ब्लोन
सितोरियो करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री सुर्य बहादुर तामाङलाई राष्ट्रिय स्तरमा खेलको माध्यमबाट तेमाललाई चिनाउन योगदान पुर्‍याएको कदर गर्दै सम्मान गरेका थिए

अहिले तेमालमा मात्र प्रतिस्पर्धा भएको छ अब जिल्ला स्तरीय खेलमा प्रतिस्पर्धा गर्न सक्ने तयारीका लागि गाउँपालिकाले व्यवस्थापन गर्ने तेमाल गाउँपालिकाका अध्यक्ष सलास सिं तामाङले प्रतिबद्धता गर्नु भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »