सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ११६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७,०६१ पुग्यो

काठमाडौँ / ३० असार ।
पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएको हो।

यो संगै समेत देशभर हालसम्म संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ९,९८७ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् ।

यस्तै आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »