थप १,२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५० हजार ४६५ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ४४८ जना रहेका छन्।

अहिले संस्थागत आइसोलेसनमा ८ हजार १० रहेका छन्। त्यस्तै होम आइसोलेसनामा रहनेको संख्या ७ हजार ४ सय ३८ रहेको छ।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ८ हजार ८०६ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १८ सय १८ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३५ हजार ७०० सय पुगेको छ । यो ७१ प्रतिशत हो।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »