सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ जना पुगेको छ।

बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ।

क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।

नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »