थप १३ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४६४ महिला र ८९५ पुरुष गरेर २४ घण्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ९४२जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ छन् ।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ६ हजार ५६१ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १३ सय ५४ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने २५ हजार ५ सय ६१ पुगेको छ । यो संक्रमितमध्ये ५८ प्रतिशत हो।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »