सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १५ सय ७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

काठमाडौं । मुलुकमा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ७३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ ।

उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »