सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप २४ सय ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार २६३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन्।

होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७८१ नमूनाको पीसीआर परीक्षण भएको छ।

सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।

आइसीयूमा २४४ र ४३ भेन्टिलेटरमा जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५५४ जनाको मृत्यु भएको छ।

सोमबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »