सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ९ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौं । कोरोना संक्रमितहरु तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

नौ नयाँ संक्रमितहरुमा दुई महिलासहित ७ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ र संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

यस अघि शुक्रबार विहानमात्र ३० जनामा, दिउँसो २० जनामा संक्रमण पाइएको थियो भने साँझ ९ गरी एकै दिन ५९ नयाँ संक्रमित मुलुकमा थपिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »