सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ९ सय ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६ हजार २५७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३९० महिला र ६९० पुरुष गरेर २४ घण्टामा ९ सय ८०जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ जना रहेका छन्। अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ४ हजार ७०३ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १८ सय १४ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने २८ हजार ९ सय ४१ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »