निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

दक्षिण सुडान जाने सुरक्षाकर्मी राेकियाे

काठमाडाैँ । नेपाली सेनाबाट राष्ट्रसंघको दक्षिण सुडानमा तैनाथ युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत तैनाथ हुन लागेको करिब सात सय जना सम्मिलित गण तहको फौज रोकिएको छ । त्यस्तै अनमिसका लागि प्रहरीबाट युनाइटेड नेसन्स पुलिस (अनपोल) अन्तर्गत छनोट भएका अधिकृतस्तरका १७ जनाको टोली पनि अर्को निर्णय नभएसम्म जान पाउने छैनन् । सशस्त्र प्रहरीका अधिकृतको पनि मिसन यात्रा दुई महिना धकेलिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल मिसनमै तैनाथ कर्मचारीको बसाइ दुई महिना थप भएकाले तत्काल नेपालबाट जान रोकिएको बताए । ‘कोरोना भाइरसको प्रकोप न्यूनीकरणअन्तर्गत मिसनमा कार्यरतको म्याद दुई महिना थप भएको हो,’ खनालले भने, ‘दुई महिनापछिको अवस्था के हुन्छ, त्यसपछि मात्रै यताबाट जाने वा स्थगनको निर्णय यथावत् हुने भन्नेबारे निर्णय हुन्छ ।’

कोरोनाको असरले इटाली, भियतनाम र इन्डोनेसियाका लागि तय भएको नेपाल प्रहरीको विशेष तालिम पनि रद्द गरिएको छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार इटाली र इन्डोनेसियाका १/१ र भियतनामका लागि दुईवटा तालिम रद्द गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले ब्यारेकमा बस्ने प्रहरी कर्मचारीलाई अत्यावश्यक काममा बाहेक घरबिदामा नछोड्न मातहत सबै युनिटलाई परिपत्र गरेको छ । समूहमा बस्ने फौजलाई घरबिदामा जान कडाइ गरिएको प्रवक्ता क्षत्रीले जानकारी दिए । ‘समूहमा बसेका प्रहरीलाई घरबिदामा छोड्दा स्वास्थ्यमा असर पुग्न सक्ने आकलन गरेरै अत्यावश्यक कामबाहेकमा बिदा नदिन निर्देशन दिएका हौं,’ उनले भने ।

सेना र प्रहरी अस्पतालमा आइसोलेसन वार्ड

कोभिड–१९ को आशंका गरिएका बिरामीलाई राख्न नेपाली सेना र प्रहरीले आफ्ना अस्पतालमा ‘आइसोलेसन वार्ड’ स्थापना गरेका छन् । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा १० शय्याको आइसोलेसन वार्ड स्थापना गरिएको बताए । प्रहरी प्रवक्ता क्षत्रीका अनुसार प्रहरी अस्पतालमा तीन श×य्याको आइसोलेसन स्थापना गरिएको छ । सशस्त्र प्रहरीले पनि बलम्बुस्थित एपीएफ अस्पतालमा वार्ड स्थापना गर्न लागेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »