सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दसैँ भत्ता फिर्ता गर्ने विपक्षीको निर्णय, सत्तापक्षले पनि निर्णय गर्दै

काठमाडौं। दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएपछि दबाबमा आएका प्रमुख राजनीतिक दलले अब रकम फिर्ता गर्ने भएका छन् ।

कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरिसकेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलमार्फत भत्ता फिर्ताका प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन् ।

त्यसैअनुसार कांग्रेस संसदीय दलले संसद् सचिवालयलाई पत्र पठाएर आफ्ना सबै सांसदको दसैँ भत्ताबापतको रकम कट्टा गर्न लागेको छ । नेकपामा पनि यस विषयमा शीर्ष नेताबीच छलफल सुरु भएको छ ।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको सन्दर्भमा सांसदहरूले दसैँ भत्ता लिने विषयका बारेमा चौतर्फी विरोध भएपछि नेकपाले छलफल थालेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »