सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिनभर वर्षा हुने,पहिरो तथा डुबानको सम्भावना

काठमाडौँ / ३० असार ।
देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा पानी पर्ने र देशको केही भागमा बाढी, पहिरो तथा डुबानकोरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका सबै स्थानमा मनसुनी वायुको प्रभाव रहेकाले बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग बाट केही दक्षिण तिर सरेको छ।

गत शुक्रबारदेखि सक्रिय मनसुन अझै धेरै लम्बिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर अहिले आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति भने देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »