सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने जिम्मा खानेपानी मन्त्रालयलाई

काठमाडौँ / १० असार

खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।

मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमित बसिरहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो । धेरै ठाउँमा रहेका क्वारेन्टाइनमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । क्वारेन्टाइनका व्यक्ति सङ्क्रमित पनि हुनसक्ने र उसले प्रयोग गरेको शौचालय धेरैले प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । भारतमा रोजगारीका सिलसिलामा गएका व्यक्ति स्वदेश फर्किएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढिरहेको छ ।

गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टाइनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यसको कार्यान्वयनमा लागेको बताएकी थिइन। अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »