सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दैलेखमा आरडीटी टेस्ट गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले दैलेखमा १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर पठाउने निर्णय गर्‍यो ।

नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जनाको नाम समेत छ ।

अहिले नगरपालिकाले उनीहरूको खोजी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का भन्छन्, ‘उनीहरू ५/६ वटा वडाका थिए । संक्रमण पुष्टि भएका केही ‘आइसोलेसन’मा छन् । अझै ४५ जना आउन बाँकी छन् ।’ आइसोलेसन भनिए पनि सम्पर्कमा आएकाहरूलाई पनि यसअघिको क्वारेन्टिन स्थलमा राखिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेको घर पठाएको तर उनीहरूकै पीसीआर पोजेटिभ आएको बताए । क्वारेन्टिन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुन सक्ने उनको तर्क छ ।

जनस्वास्थ्य विज्ञहरूले भने यसलाई जनस्वास्थ्यमाथि सरकारको खेलवाड भनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »