सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धरानको बीपी प्रतिष्ठानबाट १८ संक्रमितलाई सोमबार राति डिस्चार्ज गरियो

सुनसरी । सुनसरी र झापाका १८ कोरानो संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष डिस्चार्ज भएका हुन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ ।

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार तिनमा एक जना धरानकी महिला हुन् भने बाँकी झापाका । धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह लगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।

कोरोनामुक्त भई फर्कनेहरुलाई धरानका मेयर तिलक राईले स्वास्थ्य लाभको कामना गर्दै कोरानाबाट बच्न अरुलाई पनि सचेत गराउन अनुरोध गरे । कोराना जितेर डिस्चार्ज भएका अयुब मियाँले सरकार र प्रतिष्ठानका चिकित्सक, नर्सका कारण आफूहरु कोराना जित्न सफल भएको भन्दै सरकार र उपचारमा संलग्न सबैलाई धन्यवाद दिए

प्रतिष्ठानमा हाल शंकास्पद पाँच जना र संक्रमित ८० जना रहेका छन। संक्रमितहरु अधिकांश झापाका हुन्। उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ

भर्खरै

सम्बन्धित खबर

Language »