सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङमा कोरोना संक्रमण देखिएका बिरामी बोक्न आनाकानी गर्ने एम्बुलेन्स चालक पक्राउ

धादिङ। ¥यापिड टेष्टमा कोरोना भाइरस अर्थात कोभिड १९ पोजिटिभ देखिएको युवालाई बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक किशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार पक्राउ परेका मैदी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक श्रेष्ठले गत मंगलवार ¥यापिड टेष्टमा कोरोना भाइरस अर्थात कोभिड १९ पोजिटिभ देखिएको ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ का एक युवालाइ जिल्ला अस्पताल धादिङसम्म लैजान अस्विकार गरेका थिए । श्रेष्ठ सहितका अधिकांश एम्बुलेन्स चालकहरुले समेत ति युवालाई जिल्ला अस्पतालसम्म लैजान अस्विकार गरेका थिए ।

एम्बुलेन्स चालकले अस्पताल पुर्याउन अस्विकार गरेपछि कोभिड १९ को संक्रमण देखिएका ति युवा भने आफै मोटरसाइकल चलाएर धादिङवेशी स्थित क्वारेन्टाइनमा पुगेका थिए । उनलाई ज्वालामुखि ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले मोटरसाइकलबाटै स्कर्टिङ गरेर राती ११ बजे क्वारेन्टाइनमा पुर्याएका थिए ।
डिएसपी खड्काका अनुसार एम्बुलेन्स चालक श्रेष्ठलाई विहिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागी म्याद थप गर्ने तयारी गरिएको छ ।

विरामी बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकले मैदीकै केही क्लिनिकको भने औषधी बोकेर आएको थाहा पाएपछि वडा नम्बर ३ का आक्रोसित स्थानियबासीले गत बुधवार एम्बुलेन्समाथि तोडफोड समेत गरेका थिए । ४२ दिन अघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्य चौकीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटि) परिक्षणका क्रममा कोरोना भाइरस कोभिड १९ संक्रमण पोजिटिभ देखिएको थियो । तर, उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आइसोलेसनमा स्वाब परीक्षणपछि अन्तिम रिपोर्ट टेकु अस्पताल परिक्षणका लागि पठाइएको थियो । परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए । कोरोना भए–नभएको अन्तिम पुष्टि स्वाब परीक्षणपछि हुने भएकाले उनलाई कोरोना नभएको पुष्टि भएको हो । गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर उनी होम क्वारेन्टाइनमा बसेका थिए । अहिले आइसोलेसन कक्षमा छ्न् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्यस्तै त्रिपूरासुन्दरी गाउँपालिका वडा न ६ का २८ बर्षीय युवकको पनी रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »