सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङमा फिल्मी शैलीमा वृद्धको हत्या,टाउको झोलामा लिएर प्रहरीसामु आत्मसमर्पण

धादिङ । धादिङमा एक युवाले बृद्धको हत्या गरेर टाउको लगेर प्रहरी कार्यालयमा बुझाएका छन्।

बिहीबार राति निलकण्ठ नगरपालिका १३ का २३ वर्षीय राजु परियारले स्थानीय ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन्।

गुरुङको हत्या गरेर टाउको झोलामा लिएर ती युवा जिल्ला प्रहरी कार्यालयमा पुगेको धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनीहरुबीच राति १० बजे बाटोमा भेट भएको र बृद्ध गुरुङले राजुकी श्रीमतीलाई भेट्न हिँडेको भनेपछि विवाद सुरु भएको थियो।

घटनास्थल नजिकै घरमा गएर युवाले खुर्पा ल्याएर बृद्धको हत्या गरेको बताएका छन्। ती युवाले बृद्धको टाउकोसँगै खुर्पा पनि प्रहरीलाई बुझाएका छन्।

प्रहरी निरीक्षक सरोज राईसहितको टोली घटनास्थल पुगेर फर्किएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »