निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नगरकाेटमा १,११,१११ नगद पुरस्कार जीत्न १५ टीम बीच कडा प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सह महामन्त्री रवीन्द्रप्रताप शाहको प्रमुख आतिथ्यतामा दशैको अवसर पारी आयोजना गरेको खुल्ला नाइन साइड ए फूटबल प्रतियोगिता शुरु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा शुरु भएको यो फुटबल प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय नगद पुरस्कार पाउने छन् ।

विभिन्न युवाहरूको सक्रियतामा २०५० सालमा नै स्थापना भएको यो क्लबले निरन्तररुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको क्लबको पूर्व अध्यक्ष तथा वर्तमान वडा अध्यक्ष धन बाहदुर तामाङले सारा खबरलाई जानकारी दिनु भएको छ ।

करिब २९ वर्ष लामो इतिहास बोकेको यो क्लबले उत्पादन गरेको खेलाडीहरुले राष्ट्रिय खेलमा सहभागी हुन नसकेतापनि जिल्ला स्तरमा भने राम्रो प्रस्तुति दिदै आएको सस्थाको अध्यक्ष सन्त बहादुर तामाङले बताउनु भयो ।

सन्त बहादुर तामाङको सभापतित्वमा शुरु भएको खेलमा प्रमुख अतिथि रवीन्द्रप्रताप शाहले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि खेल शुरु भएको थियो । उद्घाटन खेलमा आयोजक टिमसँग राइजिङ स्टार बीच खेल भएको थियो । 0-१ ले आयोजक टिमलाई राइजिङ स्टारले जितेको छ ।

दोस्रो खेल ख्वप किङ र विसम्भरा बीच भएको थियो । उक्त खेल बराबरीमा टुंगिएको छ ।

यो फुटबल प्रतियोगिता खेलमा १५ टिमको सहभागीता रहेको छ भने तीन टिम आयोजक सस्थाको रहेका छन् । असोज १५ गते सम्पन्न हुने यो खेलमा प्रथम हुनेलाई १ लाख ११ हजार बराबरको पुरस्कार रहेको छ भने दोस्रो विजेतालाई ५० हजार र तेस्रो विजेतालाई २५ हजार राशीको पुरस्कार रहेको छ ।

फाइन खेल असोज १५ शनिबार हुनेछन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »