नगर प्रमुख राणा योजनाको अनूगमनमा

Spread the love

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नगरभित्र संचालनमा रहेका विकास निर्माणका कामको स्थलगत अनूगमन गरि समस्या देखिएका स्थानमा समाधानका लागि पहल थाल्नुभएको छ ।

प्रमुख राणा सोमबार नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित रानीतलाउ नजिकै रहेको सार्वजनिक जग्गाको स्थलगत अनूगमनमा पुग्नुभयो ।

मेयर राणाले स्थानीय जग्गाधनीलाई सडक फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्नुभएपछि स्थानीय बासिन्दा नृदिपकुमार श्रेष्ठले सडक फराकिलो गर्न आप्mनो निजी जग्गा उपलब्ध गराउन तयार हुनुभयो ।

सो अवसरमा नगर प्रमुख राणाले विकासको काममा स्थानीय बासिबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

वडा अध्यक्ष मोहम्मद अयुव सिद्धिकी सहित ईञ्जिनियर सुरज शर्मा, नक्सा शाखाका पवन भट्ट र नवराज अधिकारी मेयर राणाको साथमा रहनुभएको थियो ।

सो स्थानमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि वजेट विनियोजन भईसकेको छ ।

वडा अध्यक्ष सिद्धिकीले वडा कार्यालयको भवन समेत सोही स्थानमा निर्माण गरिने जानकारी दिनुभयो । ६ कठ्ठा बढि जग्गा रहेको सो स्थानमा बाल उद्यान निर्माण गर्ने योजना समेत रहेको वडाअध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो ।

सो अवसरमा नगर प्रमुख राणाले सरकारी जग्गाको संरक्षणका लागि विशेष ध्यान दिन वडा अध्यक्ष सिद्धिकीलाई निर्देशन दिनुभयो ।

वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माणका लागि सबैभन्दा पहिले पर्खाल लगाएर संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

+ posts

Spread the love
Language »
%d bloggers like this: