सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो खसेपछि सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »