सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओले भर्चुअल बैठक बस्दै

काठमाडौँ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ।

उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन्।

तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ। गृहको सुझावपछि भोलि पुन: बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्ने दाहालले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »