निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेकपा बाँकेका नेता धितालले नेपालगञ्जका पत्रिका वितरकहरुलाई सहयोग

नेपालगञ्ज, नेकपा बाँकेका कार्यालय सदस्य प्रमोद धितालले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

धितालले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ५ जना पत्रिका वितरकलाई आइतबार सहयोग गर्नुभएको हो ।

प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।


लोकप्रिय सन्देश दैनिकको अभियान अन्तर्गत नेपालगञ्जबाट प्रकाशित हुने लोकप्रिय सन्देश, सद्भाव दैनिक, कालपृष्ठ दैनिक, हाम्रो समाचार दैनिक र दैनिक नेपालगञ्जमा कार्यरत पत्रिका वितरकहरुलाई सहयोग गरिएको छ । यसअघि २५ जना हकरलाई सहयोग गरिएको लोकप्रिय सन्देशले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »