सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटी बैठक असार १० गते बस्ने : एमसीसीबारे छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच बुधबार साँझ भएको भेटमा स्थायी कमिटी बैठकको उक्त मिति तय भएको हो ।

असार १० मा बस्ने नेकपाको स्थायी कमिटी बैठक पार्टीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका मुद्दामा भइरहेको विवादको विषयमा छलफल हुने जनाइएको छ ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ ।

नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ।एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए।
परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।

यस अघि वैशाख २५ गते बस्नका लागि तय भएको वैठक स्थगित भएको थियो । त्यस्तै वैशाख ३१ गते बोलाइएको स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »