सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटी बैठक आज ११ बजे बस्ने

काठमाडौं / ०६ साउन
पटकपटक स्थगित भइरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा झण्डै एक महिनादेखि विवाद जारी छ ।

विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुने शिलशिला चलिरहेको छ।

स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षले एकआपसमा र आफू निकटका नेताहरुसँगको छलफल तीव्र पारेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »