निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपालगञ्जमा (जसपा )बाँकेका प्रचार प्रसार कार्यालयहरू खुल्दै

नेपालगञ्ज, चुनाव प्रचार प्रसारलाई तीव्रता दिइरहेको जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रहरूमा चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालयहरू खोलेको छ ।

शुक्रबार बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा न. १२ बेलासपुर, वडा न. ४ घोसी टोल, वडा न. ७ पिपल चौतारा, वडा न.७ एमपी स्कुल र वडा न ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएको छ ।


कार्यालय उद्घाटन कार्यक्रममा बाँके क्षेत्र नं २ जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेश सभा सदस्य पदका उम्मेदवार आदेश अग्रवाल, पार्टीका नेताहरु अतहर हुसेन फारुकी बुद्विसागर सुवेदी, अरुण सिंह लगायतको उपस्थिति रहेको थियो ।


कार्यालय उद्घाटनका क्रममा वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना व्यक्तिहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »