नेपालगञ्ज १७मा जनता समाजवादीको कार्यकर्ता भेला सम्पन्न

नेपालगञ्ज, जनता समाजवादी पार्टीका नेता तथा पुर्बमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेमा विकास निर्माणले तिव्रता पाएको बताउनुभएको छ ।

आफु शहरी विकास मन्त्री भएपछि जिल्लाभर ठुला विकासका आयोजना सञ्चालन भएको राईको भनाई छ ।

नेपालगञ्ज १७ मा बिहिवार भएको कार्यकर्ता भेलामा विघटित प्रतिनिधी सभाका सांसद समेत रहनुभएका पुर्व मन्त्री राईले आफु विकासको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथी जनता समाजबादी पार्टि बांकें जिल्लाका अध्यक्ष कमरुद्दीन राई लगायत प्रदेश जिल्ला तथा बिभिन्न भातृ संगठनका नेताहरुको उपस्थिति थियो

+ posts
Language »