निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपालगन्जमा छलफल कार्यक्रम सम्पन्न


नेपालगन्ज,प्राकृतिक स्रोत रुपान्तरण केन्द्र नेपालद्धारा बाँकेका ३ गाउँपालिकाहरु बीच जल, जमीन जंगलको वकालत गर्दै शुक्रबार नेपालगन्जमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।


जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा जिल्ला अदालत बाँकेका न्यायाधीश खडानन्द तिवारीको प्रमुख आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा बाँके जिल्लामा रहेको बन, जंगल, जमीनको संरक्षण संरक्षण कसरी गर्ने, विभिन्न जिल्लाहरुबाट बाँके जिल्लामा आएर सुकुमवासी भएका र अन्य जिल्लामा आफनो जग्गा जमीन बिक्री वितरण गरी आएर बाँके जिल्लामा रहेका वन अतिक्रमण गरी बसीरहेको लगायतका विषयमा छलफल गरिएको थियो ।


सो कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री, जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, वन डिभिजन कार्यालय बाँकेका अधिकृत रमेश बुढाथोकी, नापी कार्यालय बाँकेका रन बहादुर बिक, जिल्ला बार एशोसिएशनका युग बहादुर गुरुङ, प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष तथा सिंचाई महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी, आयोजक संस्थाका केन्द्रिय वरिष्ठ कार्यक्रम अधिकृत दिपकराज भट्ट, जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालन्जका निमित्ति डिभिजन प्रमुख कृष्ण बहादुर बिष्टले आफनो आफनो विचार राख्नु भएको थियो ।


संस्थाका सामाजिक परिचालक नेत्र प्रसाद खनाल, एन आरपी रोहित चौधरीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य हरिता गुरुङ र कार्यक्रम संचालन माया गौतमले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »