सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २ जना मर्नेको संख्या थपिए संगै मृत्यु हुनेको संख्या २२ पुगेको जानकारी दिए ।

बुधवार मन्त्रालयका पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन्। उनीहरू कैलालीका हुन्।

तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्कमण पुष्टि भएको थियो। अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए।

त्यसैगरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो। तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको मन्त्रालयले जनाएको छ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ भने यस अघि हिजो सबैभन्दा बढी ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »