सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ ।

पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभर ४६८ जना संक्रमित थपिएको जानकारी दिए।

यो सहित देशभर सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ।

शनिबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »